• ग्राफिकको फेस्टिवल अफर बिजेता पुरस्कार केस्ली ग्रुप प्रा.लि. लाई


    चितवन/भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको फेस्टिवल अफर प्रथम बिजेता पुरस्कार केस्ली ग्रुप प्रा.लि. कम्पनीका सञ्चालक बसन्ता पन्थीले प्राप्त गर्नुभएको छ । शुक्रबार अनौपचारिक कार्यक्रम सञ्चालन गरेर आफ्नो अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरी प्रथम, द्वितीय र तृतीय गरी ३ वटा कम्पनीहरुलाई फेस्टिवल अफरको बिजेता घोषणा गरेको हो । केस्ली ग्रुप प्रा.लि. प्रथम, दाङ किनबेच सारथी प्रा.लि. द्वितीय र अम्बर रिजन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. तृतीय भएको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो । गत मिति २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्रि फेस्टीवल अफर सञ्चालन गरिएकोमा यस फेस्टिबल अफर अन्तर्गत २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क सात हजार नौं सय ९९ मात्र लिने गरिएको र यो अबधि भित्र दर्ता भएका सम्पूर्ण नयाँ कम्पनीहरुमध्येबाट गोलाप्रथा गरि विभिन्न किसिमका आकर्षक फेस्टिवल उपहार प्रदान गर्ने योजना अनुसार प्रथम उपहार ः कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता, दोस्रो उपहार ः ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गर्ने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क र तेस्रो उपहार ः आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने खड्काले जानकारी दिनुभयो ।
    करिब ३ महिनाको अबधीभर विभिन्न प्रकृतीका ७७ वटा कम्पनी दर्ता भएकोमा गोला प्रथा गरी ३ वटा कम्पनी मात्र लक्कीड्र मार्फत विजेता घोषण गरिएको हो । सबै विजेताहरुलाई फोनमार्फत विजेता भएको जानकारी गराई आफ्नो उपहार लिनकोलागि ग्राफिक मार्ग प्रा.लि.को कार्यालयमा सम्पर्क गर्न समेत जानकारी दिईएको प्रवन्ध निर्देशक खड्काले जानकारी दिनुभयो ।
    कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त ग्राफिक मार्ग प्रा.ली.ले नेपालका विभिन्न ठाँउहरुबाट सेवाग्राहीको माग बढ्दै जाँदा कम्पनीले नेपालका विभिन्न ठाउँहरुमा सम्पर्क कार्यालयहरु समेत स्थापना गरेको छ । मुख्य कार्यालय भरतपुर–११, वाईपास रहेको ग्राफिक मार्ग प्रा.लि.बाट दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर, तनहुँको दमौली, पोखराको रत्नचोक र नेपालगञ्जको कोहलपुरमा समेत सम्पर्क कार्यालयहरु सञ्चालनमा ल्याईएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले जानकारी दिनुभयो ।
    कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने कम्पनी सम्बन्धी सम्पुर्ण कामहरु गर्नुको साथै, आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धि काममा कम्पनी सञ्चालहरुलाई सहजिकरण गरिदिने र लेखा सम्बन्धी सम्पूर्ण कामहरु समेत गर्दै आएको ग्राफिक मार्ग प्रा.लि.ले विभिन्न किसिमका आकर्षक डिजाईन, साधा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण कामहरु समेत गर्नको लागि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा प्रेस (छापाखाना) समेत सञ्चालन गर्दै आएको साहयक ब्यवस्थापक पोख्रेलले बताउनुभयो । फेसबुक लाईभ मार्फत प्रत्यक्ष प्रसारण गरि विजेता सार्वजनिक गरिएको उक्त कार्यक्रममा ग्राफिक मार्ग प्रा.लि.की कर्मचारी शिला पोख्रेल, गोमा अर्याल र मञ्जु ढकालले गोला तान्नुभएको थियो भने अनौपचारिक कार्याक्रम रेमन खरेलले सञ्चालन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt