• मानव अधिकार तथा शान्ति समाजको विरोध प्रदर्शन


    भरतपुर/मानव अधिकार तथा शान्ति समाजकाको आयोजनामा शनिबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ । न्यायालयको शुद्धिकरणका खातिर वर्तमान प्रधानन्यायाधीशको राजिनामा एवं बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ ।
    विहान पुल्चोकमा आयोजित प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय सभापति गोविन्द खनाल, केन्द्रिय सचिव बावुहरी आचार्य, जिल्ला सभापति सम्भु राउत लगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल सयौं मानिसहरुको सहभागिता रहेको थियो ।
    यसैविच, मानव अधिकार तथा शान्ति समाजको दुई दिवसीय विशेष अभिमुखिकरण कार्यक्रम गैडाकोटमा सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आतिथ्यतामा गैडाकोटमा भएको अभिमुखिकरणमा समाजको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र ३८ जिल्ला शाखाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रमले मानव अधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् वैठक आगामी माघ २१ र २२ गते कपिलवस्तु शाखाको आतिथ्यतामा कपिलवस्तुको जितपुर ४ नम्वरमा आयोजना गर्ने निर्णय गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt