• भेरिनिका व्यूटी पार्लर नयाँ व्यवस्थापनमा


    भरतपुर/भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । विगत लामो समयदेखि सौन्दर्य पेशामा रही काम गर्दै आउनु भएकी दिपिका श्रेष्ठ खड्कीले सो पार्लर अत्याधुनिक एवम् सुविधा सम्पन्न तरिकाले नयाँ व्यवस्थापनमा शुभारम्भ गर्नु भएको हो । नारायणगढस्थित मिलन मार्केट, शहीदचोकमा संचालित उक्त पार्लरमा माइक्रो ब्लान्डडिनेड, आई लेसेस एक्सटेन्सन, फेसियल, थैडिङ, हेयरकटिङ, हाइलाइट, कलर, मेनिकेयर पेडिङ, बेहुला बेहुली मेकअप मेहन्दी सम्बन्धि काम गरिने पार्लरकी सञ्चालिका दिपिका श्रेष्ठ खड्कीले बताउनु भयो ।
    उद्घाटनको एक महिनासम्म २ वटा फेसियलमा एउटा फेसियल फ्रि, हेयर केराटिन प्रोटिनमा हाईलाईटस् फ्रि, नेल एक्सटेन्समा नेल आर्ट फ्रि, पेडिक्युरमा मेनिक्युर फ्रि, २ वटा किलिजिङमा एउटा किलिजिङ फ्रि, लेग वासमा ह्याण्ड वास फ्रि जस्ता विभिन्न सुविधाहरुको व्यवस्था गरिएको खड्कीले बताउनुभयो । पार्लरमा समयानुकुल व्यूटी पार्लर सम्बन्धि तालिमहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।
    करीब १५ लाख रुपैयाँको लगानीमा सञ्चालन भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले आफ्ना ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै पार्लर सम्बन्धि तालिमहरुसँगै पार्लर खोल्न चाहनेहरुलाई पार्लरका सामाग्रीहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको खड्कीले बताउनुभयो । साथै ग्रुपमा तालिम लिन आउनेहरुको लागि समेत विशेष छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt