पन्तद्धारा क्षेत्रीय सहसचिवमा उमेद्वारी घोषणा


भरतपुर/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न तहका निर्वाचन हुनेक्रम जारी छ । महाधिवेशन अन्तरगत भरतपुर १२ निवासी कुष्मा कुमारी पन्तले चितवन क्षेत्र नम्वर २ को क्षेत्रीय सहसचिव पदमा उमेद्वारी घोषणा गर्नु भएको छ । लामो समय देखि पार्टीको काममा क्रियाशिल पन्तले आगामी क्षेत्रीय समितिको निर्वाचनमा आफुलाई अमुल्य मतदान गरि विजयी गराउनु हुन आनुरोध गर्नु भएको छ ।
चुनाव प्रचारप्रसारको साथै मतदाताको घरदैलो अभियानलाई तीव्रता दिएको जानकारी गराउँदै उमेद्वार पन्तले आफ्नो जित सुनिश्चित भईसकेको दावी गर्नुभयो । आफु भाषण भन्दा काममा विश्वास गर्ने उमेद्वार भएको वताउँदै उहाले आगामी मंसिर ६ गते नारायणी नदीकिनार स्थित उद्योग वाणिज्य संघको परिसरमा हुने नेपालाी काँग्रेस चितवन क्षेत्र नं. २ को निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह गर्नु भयो ।
यसैगरी, नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत आगामी मंसिर ६ गते चितवनका ३ वटै निर्वाचन क्षेत्रको निर्वाचन हुने भएको छ । शनिबार बसको काँग्रेस जिल्ला कार्यसमिति, नगर सभापति, प्रदेश सभापति, क्षेत्रीय सभापति र निर्वाचन अधिकृत सहितको बैठले प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्लाको अधिबेशन स्थल तय गरेको हो । संघीय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुने भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार