• भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने


    भरतपुर/केन्द्रिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पताल रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको छ । विभिन्न ९ वटा रोटरी क्लवहरुको सक्रियतामा उक्त स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको हो । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा सोमबार रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको जग पुजा गरिएको छ ।
    जग पूजा गरेसंगै आगामी दिनमा निर्माण कार्यले तिव्रता पाउने रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा रोटरी क्लवको संयुक्त पहलमा उक्त रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुन लागेको हो ।
    रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण समितिका संयोजक उत्तमलाल चुकेले ६ करोड रुपैयाँको लागतमा सेन्टर निर्माण गर्ने तयारी गरिएको जानकारी दिँदै सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने जानकारी दिनुभयो । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिनुभयो ।
    भरतपुर अस्पताल, रोटरी क्लब अफ चितवन, रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो । एक वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिँदै संयोजक चुकेले निर्माण सम्पन्न भएपछि औपचारिक कार्यक्रमको आयोजना गरि उक्त सेन्टर भरतपुर अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले केन्द्र निर्माण भएपछि स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने वताउनु भयो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt