• लोहनीद्धारा गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा


    भरतपुर/सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन जारी छ महाधिवेशन अन्तरगत विभिन्न तहका निर्वाचन हुनेक्रम जारी छ । महाधिवेशन अन्तरगत सफल युवा व्यवसायी सुजन बाबु लोहनीले खुल्ला तर्फवाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा गर्नु भएको छ । लमजुङ जिल्ला प्रदेश सभा (ख) वाट प्रतिनिधित्व गर्ने गरि लोहनीले उमेद्वारी घोषणा गरि प्रचारप्रसारलाई तिव्रता दिनु भएको छ ।
    खुल्ला तर्फबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदका उमेद्वार लोहनीलाई बलियो र लोकप्रिय उमेद्वारको रुपमा लिने गरिएको छ । लामो समय देखि पार्टीको काममा क्रियाशिल लोहनीले आगामी निर्वाचनमा आफुलाई अमुल्य मतदान गरि विजयी गराउनु हुन आनुरोध गर्नु भएको छ ।
    चुनाव प्रचारप्रसारको साथै मतदाताको घरदैलो अभियानलाई तीव्रता दिएको जानकारी गराउँदै उमेद्वार लोहनीले आफ्नो जित सुनिश्चित भईसकेको दावी गर्नुभयो । आम युवाहरुको आशाको रुपमा लिइएका लोहनीले आफ्नो उमेद्वारीले पार्टीभित्र एक खालको तरंग उत्पन्न गरेको वताउँदै आफु विजयी भए पार्टीको गरिमा अझै उच्च वनाउन प्रयत्नशिल रहने प्रतिवद्धता जनाउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt