वेमौसमी झरिले २५ सय वढी हेक्टरको धान क्षती


सन्तोष देवकोटा
भरतपुर/यस वर्ष चितवनमा दुई हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलको वर्खेधान क्षति भएको छ । गत असोज २९ देखि कार्तिक २ गतेसम्म आएको वेमौसमी वर्षाको कारण जिल्लामा सो क्षति भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिनएको छ ।
कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत उमराज अर्यालले भरतपुर महानगरपालिकामा ४१६ दशमलव ६६ हेक्टर, माडी नगरपालिकामा २५० हेक्टर, रत्ननगर नगरपालिकामा ७०१ दशमलव ३३ हेक्टर, खैरखनी नगरपालिकामा ७२८ दशमलव ६ हेक्टर, राप्ति नगरपालिकामा ३०६ दशमलव ५० हेक्टर, कालिका नगरपालिकामा १४८ दशमलव ६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टर गरि कुल २ हजार ५ सय ९१ दशमलव १८ हेक्टर क्षेत्रफलको धान क्षति भएको जानकारी दिनुभयो ।
औसतमा एक हेक्टरमा ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने वताउँदै कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत अर्यालले चितवनमा वेमौसमी वर्षाको कारण यस वर्ष ९ हजार ६९ मेट्रिक टन धान क्षति भएको जानकारी दिनुभयो । एक मेट्रक टनमा १० क्वीन्टल हुने हुँदा चितवनमा ९० हजार ६९१ क्वीन्टल धान क्षति भएको छ । एक क्वीन्टल धानको न्यूनतम समर्थन मुल्य दुई हजार आठ सय रुपैयाँ रहेको जानकारी दिँदै अर्यालले चितवनमा २५ करोड, ३९ लाख, ३५ हजार ६ सय ४० रुपैयाँ वरावरको धान क्षति भएको वताउनु भयो ।
चितवनमा कुल २७ हजार २ सय ८१ हेक्टर क्षेत्रफलमा वर्खे धान हुने गरेको कृषि ज्ञान केन्द्र चितवनको तथ्यांक रहेको छ । यसरी वेमौसमी वर्षाको कारण धान खेतीमा क्षति व्यहोरेका किसानको तथ्यांक संकलन गरि विभिन्न पालिकाहरुले राहतको व्यवस्था गर्ने वताएका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt