बालकृष्ण खनाल
सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ
बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ ।
देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म
जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ ।
लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा
एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ ।
वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा
वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ ।
बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू
पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।