• रोटरी क्लवको रक्तदान


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ नारायणी मिड टाउनको आयोजनामा शनिबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा वढ्दै गएको रगत अभावको समस्यालाई केहि हदसम्म भएपनि समाधान गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
    रोटरी क्लव अफ नारायणी मिड टाउन, रोट्याक्ट क्लव अफ नारायण मिड टाउन र इन्ट्याक्ट क्लव अफ लिटिल फ्लावरद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेन्ट गभर्नर नारायण प्रधान प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष प्रवेश अर्याल लगायतले वोल्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt