• माओवादी केन्द्रको वडा अध्यक्षमा सुवेदी, वडावासी उत्साहित


    भरतपुर/नेकपा (माओवादी केन्द्र) भरतपुर १३, को वडा कमिटी अध्यक्षमा सुदिप सुवेदी निर्वाचित भएसंगै वडावासी उत्साहित वनेका छन् । विकासप्रेमी युवा नेताको रुपमा परिचित सुवेदी नेकपा माओवादी केन्द्र भरतपुर १३ को वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको मुहार फेरिने अपेक्षासहित वडावासीमा उत्साह छाएको हो ।
    आफु चाहेको भए पार्टीको अझै माथिल्लो पदमा जानसक्ने वताउँदै नवनिर्वाचित वडा अध्यक्ष सुवेदीले आफ्नो वडाको समग्र विकास र समृद्ध वडा निर्माणको लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘मैले चाहेको भए अझै माथिको पद लिन सक्ने थिए, तर मेरो गाउँ र वडाको विकास मेरो लागि महत्वपुर्ण कुरा हो ।‘ भरतपुर १३ लाई अन्य वडाहरुले समेत सिको गर्न लायक उदाहारणीय र नमुना वडा बनाउनु आफ्नो पहिलो उदेश्य भएको अध्यक्ष सुवेदीले वताउनु भयो ।
    आफु अध्यक्ष भएपछि वडा स्थित माध्यमिक विद्यालय गंगानगरको मुहार फेरिनुको साथै शैक्षिक गुणस्तरमा सुधार आएको वताउँदै उहाले वडावासीहरुले पार्टी भन्दा पनि विकासप्रेमी नेता खोजेको वताउनु भयो । पार्टी भन्दा पनि समाज, शैक्षिक वातावरण निर्माण गर्दै विकास भएको समुन्नत वडा निर्माणमा सहयोग गर्नु पर्दछ भन्ने मान्यता अनुरुप आफु वडा अध्यक्ष भएको वताउँदै उहाले विकासका काममा सहयोग गर्न वडावासीलाई आग्रह गर्नुभयो । नवनिर्वाचित वडा अध्यक्ष सुवेदीसंग विभिन्न राजनीतिक आस्था राख्ने सम्पुर्ण वडावासीले आशा एवं भरोसा गरेको स्थानीय युवा कृष्ण गौतमले जानकारी दिनुभयो । नवनिर्वाचि वडा अध्यक्षको नेतृत्वमा वडाको मुहार फेर्न सकिन्छ भन्ने आम वडावासीको भनाई रहेको वताउँदै गौतमले समृद्ध र गौरव गर्न लायक वडा निर्माणमा ध्यान दिन वडा अध्यक्ष सुवेदीलाई आग्रह गर्नुभयो ।
    रामजानकी टोल विकास सस्था भरतपुर १३ का अध्यक्ष त्रिलोचन पौडेलले सुवेदीको आगमनले वडामा छुट्टै उत्साह देखिएको वताउँदै वडावासीको उत्साहलाई थप उचाईमा पु¥याउन विकास निर्माणको काममा ध्यान दिनुपर्ने वताउनु भयो । नवनिर्वाचित कमिटिको उपाध्यक्षमा नवराज सुवेदी, सचिवमा टंक प्रसाद वास्तोला, सह सचिवमा होमनाथ सुवेदी र कोषाध्यक्षमा पवित्रा पौडेल चयन हुनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt