• सिभिल बैकको वार्षिकोत्सवमा रक्तदान


    भरतपुर/सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरि आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सिभिल वैंक नारायणगढ शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा वढ्दो रगत अभावको समस्या कम गर्ने हेतुले वैकको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको सिभिल वैंक नारायणगढ शाखा प्रमुख विप्लव राउतले जानकारी दिनुभयो ।
    नेपाल रेडक्रस सोसाईटी चितवन शाखा र क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ३२ जनाले रक्तदान गरेको सिभिल वैंक नारायणगढ शाखाका अप्रेसन इन्र्चाज केशव प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
    यसैगरी सिभिल बैंक केन्द्रिय कार्यालयले वैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सवको गरी मनाएको छ ।
    त्यसैगरी बैंकले वार्षिकोत्सवको अवसरमा लामो समयदेखि वैकमा कार्यरत कर्मचारीहरुलाई अभिनन्दन समेत गरेको छ । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव ९२ अर्व रुपैयाँ निक्षेप संकलन गरि करिव ८८ अर्व रुपैंया ऋण लगानी गरेको छ । आर्थिक वर्षको शुरुका तीन महिनामा २९.१८ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt