• शक्ति युवा मञ्चको अवलोकन भ्रमण र बनभोज कार्यक्रम सम्पन्न


    भरतपुर/विश्वभर फैलिएको कोरोना संक्रमणको कारण संकटमा परको पर्यटन प्रवद्र्धनको लागि शक्ति युवा मञ्च चितवनले दुई दिने अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रलाई चलायमान वनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपुर्ण हुने भएको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक वसन्त पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणले गर्दा थलिएको होटल व्यवसायलाई प्रवद्र्धन गर्न मञ्चले फिस्लिङ क्षेत्रको अवलोकन भ्रमण र गोरखा विच होटलमा बनभोज कार्यक्रम गरेको हो ।
    मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपानेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष देवकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष कृष्णचन्द्र लोहनी, सचिव हरिशंकर दाहाल, कोषाध्यक्ष खगेन्द्रदत्त लोहनी, सदस्य केशवराज पौडेल, सुजन वावु लोहनी, केशवराज न्यौपाने, सविन भट्ट, वसन्त पोखरेल, शितल अधिकारी, इन्द्र प्रसाद अधिकारी, प्रदोष देवकोटा, सुभाष सुवेदी, बलराम गिरी, कृष्ण कुँवर, महेश वराल, विष्णु काफ्ले, विनोद हमाल, थम बहादुर गुरुङलगायतको उपस्थिती रहेको थियो । मञ्चका सदस्यहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै त्रिशुली नदीमा ¥याफ्टिङसमेत गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt