• विद्यार्थी र अभिभावकको पहिलो रोजाई बन्यो समिपुर विद्यालय


    सन्तोष देवकोटा
    भरतपुर/कालिका १ सुर्यपुर स्थित राष्ट्रिय आधारभूत विद्यालय समिपुर यतिवेला आम विद्यार्थी र अभिभावकको पहिलो रोजाई वन्न पुगेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी र सचेत अभिभावकको अथक प्रयासले अहिले विद्यालय यो अवस्थामा आईपुगेको हो । १० वर्ष पहिले विद्यार्थीसंख्या घटेर मर्जको तयारीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयले अहिले पुर्नजिवन मात्रै पाएन आम वडावासी विद्यार्थी र अभिभावकको पहिलो रोजाई वन्न पुग्यो ।


    अंग्रजी माध्यमको पढाई र शैक्षिक गुणस्तरको कारण विद्यालयमा विद्यार्थीको आकर्षण वढेको वताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर खड्काले स्रोत साधन र भौतिक संरचनाको अभावले गर्दा भर्ना हुन आएका सवै विद्यार्थीलाई भर्ना लिने अवस्था नरहेको जानकारी दिनुभयो । नजिकका निजी विद्यालयका विद्यार्थीहरु धमाधम हाम्रो विद्यालयमा आउन थालेपछि कतिपय निजी विद्यालयका प्राचार्यहरुले भर्ना नगरिदिन आग्रह गर्दै फोन गर्ने गरेको वताउँदै खड्काले विद्यालयको क्षमताले भ्याएसम्म भर्ना लिने गरेको वताउनु भयो । शैक्षिक गुणस्तर, विद्यार्थीको अनुशासनमा कुनै नाम चलेको निजी विद्यालय भन्दा कम नभएको उक्त विद्यालयमा विगत डेढ वर्षयता १५० जना विद्यार्थीहरु निजी स्कुल छाडेर आएका छन् ।


    पहिले हाम्रो विद्यालयमा आफ्नो वालवच्चा भर्ना गरिदिन आग्रह गर्दै घरदैलो अभियान गर्दासमेत सरकारी विद्यालयमा भर्ना गराउन गाह्रो मान्ने अभिभावक अहिले वच्चा भर्ना गरिदिन आग्रह गर्दै विद्यालयमै आउने गरेको अध्यक्ष खड्काको भनाई छ । वि.सं २०४६ सालमा स्थापना भएको विद्यालयमा २०६७ सालसम्म आइपुग्दा विद्यार्थी संख्या घटर १६ जना भएको स्मरण गर्दै अध्यक्ष खड्काले विद्यालयमा विद्यार्थीसंख्या वढाउन २०६८ सालवाट अंग्रेजी माध्यमवाट पढाई सुरु गरि निजी विद्यालय (वोर्डिङ स्कुल)मा पढ्दै गरेको आफ्नो छोरालाई वोर्डिङ स्कुलवाट निकालेर यस विद्यालयमा भर्ना गरि अरुलाई पनि आफ्नो वालवच्चा समिपुर विद्यालयमा भर्ना गर्न आग्रह गर्दै घरदैलो अभियान चलाएको वताउनु भयो । ‘त्यसैको निरन्तरताले अहिले विद्यालयमा ५०४ जना विद्यार्थी रहेका छन्‘ उहाले भन्नु भयो ‘अझै यो विद्यालयमा भर्ना हुन चाहाने सवै विद्यार्थीहरुलाई भर्ना गर्न सकिएको छैन ।‘


    यसरी विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा अहोरात्र खट्नुहुने विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी एवं सदस्यहरु, प्रधानाध्यापक लगायत सम्पुर्ण शिक्षक कर्मचारीहरु र अभिभावकहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष खड्काले विद्यार्थीको आकर्षणसंगै शिक्षण जनशक्ति, भवन लगायतका भौतिक संरचनामा सहयोग गर्न विभिन्न तहका सरकालाई आग्रह गर्नु भयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा म्यानेजिङ डाईरेक्टर श्रीराम देवकोटासहित फेस नेपाल र कोअडिनेटर भिमलाल आचार्यसहित प्रगति नेपाल फ्रान्स परिवारको पनि उच्च योगदान रहेको वताउँदै खड्काले आगामी दिनमा पनि सकारात्मक सहयोग र सहकार्यको अपेक्षा गनुभयो ।


    विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र जंग रायमाझीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सिंगो समितिको साथ, सहयोग, समर्थन र सहकर्मी शिक्षक कर्मचारीको संयुक्त पहलमा विद्यालय नमुना वन्न सफल भएको वताउँदै शैक्षिक गुणस्तरमा सम्झौता नगर्ने वताउनु भयो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले आफ्ना वालवच्चा सरकारी विद्यालयमा नै पढाउनु पर्ने वाध्यकारी नियमले पनि हाम्रो विद्यालय अन्य भन्दा पृथक रहेको छ प्रधानाध्यापक रायमाझीले भन्नु भयो । प्रधानाध्यापक रायमाझीले राज्यले अनुगमन गरेर आवश्यकताको आधारमा शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt