सन्तोष देवकोटा
भरतपुर/रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले रोटरी क्लव अफ चितवनद्धारा संचालित विभिन्न कार्यक्रम एवं गतिविधि अवलोकन गर्नु भएको छ । डिष्ट्रिक गभर्नर रिजालले शुक्रबार देवघाट स्थित रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयको अवलोकन गर्नु भएको छ ।
अवलोकन पछि करुणलयमा आयोजित कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गभर्नर रिजालले रोटरी करुणालय संचालन गरेर रोटरी क्लव अफ चितवनले बृद्धबृद्धाको संरक्षणको क्षेत्रमा उदाहारणीय काम गरेको वताउनु भयो । साथै उहाले रोटरी करुणालयको लागि एक लाख एक हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । यसैगरी गभर्नर रिजालकी धर्मपत्नी नविनता रिजालले आफ्नो छोरी श्रेया रिजालको जन्मदिनको अवसरमा यहि पुस २५ गते एक दिनको विशेष खानाको लागि १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रोटरी क्ल्व अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं करुणलयका उपाध्यक्ष मित्रराज दवाडीले करुणालयको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । यसैगरी डिष्ट्रिक गभर्नर सन्तोष रिजालले रोटरी क्लव अफ चितवनले आवश्यक सहयोग गर्दै आएको नारायणगढ स्थित चमेली देवि पिया माध्यमिक विद्यालयको अवलोकन गर्नु भएको छ । विद्यालयले एक औपचारिक कार्यक्रम नै आयोजना गरेर डिष्ट्रिक गभर्नर रिजाललाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा वोल्दै डिष्ट्रिक गभर्नर रिजालले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
विद्यालय व्यवस्थापन समतिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदिप काफ्लेले विद्यालयको शैक्षिक एवं भौतिक अवस्था र रोटरी क्लवले गर्दै आएको सहयोगको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमा चमेली देवि माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष तोयानाथ चालिसेले विद्यालयमा चितवन रोटरी क्लवले गरेको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । यसैगरी डिष्ट्रिक गभर्नर सन्तोष रिजालले शुक्रबार नै भरतपुर ओरालो स्थित निर्माणाधिन रोटरी भवनको पनि अवलोकन गर्नु भएको छ ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रक गभर्नर सहित फस्टलेडी नविनता रिजाल, जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधान, जोन २९ का एसिस्टेण्ड गभर्नर ई. शरद गोपाल न्याच्छौं, डिष्ट्रिक सेक्रेटरी प्रभात योञ्जन, डआरएफसी मिथिलेश झा, रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, पुर्व अध्यक्ष मित्रराज दवाडी, उत्तमलाल चुके, चन्द्रमान श्रेष्ठ, कपिलबाबु खनाल, रोशन पिया, प्रथम उपाध्यक्ष भानु शर्मा, सचिव गोपाल भट्टराई, टिआरएफ चियर राजन पिया, सर्भिर प्रोजेक्ट चियर ई. पुरन सुवेदी, कोचियर ई. उदय कृष्ण श्रेष्ठ, सम्पादक रोशन खरेललगायतको सहभागिता रहेको थियो ।