• डिष्ट्रीक गभर्नर रिजाललाई भुजेल बस्तीमा स्वागत


    तनहुँ/रोटरी अन्तराष्ट्रिय डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रक गभर्नर संन्तोष रिजाललाई तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भुजेल बस्ती साउनेमा आईपुग्दा जलदेवी आमा समुहले आफ्नो परम्परागत रूपमा भव्य स्वागत गरेको छ । डिष्ट्रक्ट गभर्नर रिजाल रोटरी क्लब अफ नारायणगढ चितवनको आयोजनामा भुजेलबस्तीमा निर्माणधिन बालशिक्षा केन्द्र भवनको अवलोकन कार्यक्रममा आउनु भएको हो । यो साउने गाँउ नारायणगढ रोटरी क्लवको सामुदायीक गाँउ पनि हो । डिष्ट्रक्ट गभर्नर रिजालले निर्माणधिन बाल शिक्षा भवनको अवलोकन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू भनेको देशको कर्णधार हुन् हामीले सानै उमेरबाट बालबच्चाहरू लाई राम्रो शिक्षा दिएर अघि बढाउन सक्यो भने पछि गएर समुदाय र देशको उदाहरणिय व्यक्ति बन्न सक्ने उहाँले बताउनुभयो । साथै उहाँले कुनै पनि बालबच्चालाई स्कुल जानबाट कहिल्यै पनि बञ्चित नगरौ स्कुल पठाउने बानि बसालौँ भनेर आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भयो ।
    देबघाट गाँउ पालिका वडा नं ५ अन्तर्गत पर्ने साउनेमा भुजेल जातिहरू बसोबास गर्दै आइरहेको र उनिहरुको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले रोटरी क्लब अफ नारायणगढले उक्त स्थानका बालबालिकाहरु शिक्षा देखी टाढा हुन नपरोस् भन्ने उदेश्यको साथ बालबिकास भवन निर्माण कार्यलाई अगाडि बढाएको रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले जानकारी दिनुभयो । साथै संस्थापक अध्यक्ष प्रधानकै पहलमा निर्माणधिन अवस्थामा रहेको बाल शिक्षा केन्द्रको भवन बन्न लागेको हो ।
    सो कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रक्ट गभर्नर सन्तोष रिजाल, देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी, प्रथम महिला नबिनिता रिजाल, जोन २९ का असिस्टेन्ट गभर्नर शरद गोपाल न्याच्छ्यौ, क्लब अध्यक्ष अरूण खनाल र संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बाल बिकास केन्द्रका १७ जना साना–साना नानी बाबुहरूलाई नारायणगढ रोटरी क्लवले उपलब्ध गराएको स्कुल ब्याग र ट्राउजर सेट हस्तान्तरण गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा डिष्ट्रक्ट गभर्नर सन्तोष रिजालले रोटरी क्लव अफ नारायणगढ द्वारा निर्माणाधीन बाल बिकास केन्द्र भवनको लागी रू २५ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।
    कार्यक्रममा तेश्रो उपाध्यक्ष यज्ञमुनी बज्राचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने सेवा परियोजना निर्देशक ईन्जिनियर गुनेश्वर महतोले निर्माणधिन बालशिक्षा भवनको बारेमा जानकारी दिनुभएको थियो । स्थानीय जल देवी आमा समुहका अध्यक्ष भरिमाया गुरुङले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव दिलिप तमाङ्गले गर्नु भएको थियो । कार्यक्रम क्लवका अध्यक्ष अरूण कुमार खनालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt