• चितवन रोटरीद्धारा निर्मित इलाईब्रेरी दुर्गा आधारभूत विद्यालयलाई हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ चितवनले गैडाकोट १० पितौजी स्थित दुर्गा आधारभूत विद्यालयलाई एक औपचारिक कार्यक्रमका विच ईलाईब्रेरी उद्घाटन एंवं हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले लाईब्रेरीको उद्घाटन गर्नु भएको हो । रोटरी क्ल्वको पहल र लगानीमा विद्यालय हाताभित्र निर्माण गरिएको लाईब्रेरी सोहि अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । सोहि अवसरमा विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले एलईडी टिभिसमेत हस्तान्तरण गरिएको थियो ।


    रोटरी क्लव अफ चितवनले दुर्गा आधारभूत विद्यालयलाई १६ थान कम्प्युटर सहयोग गरि विद्यालयमा लाइब्रेरी स्थापना गरिएको परियोजना संयोजक एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले जानकारी दिनुभयो । उक्त लाइब्रेरी अव विद्यालयको संरक्षणमा रहने वताउँदै चुकेले ईलाईब्रेरी विद्यालयको शैक्षिक गुणस्तरमा कोशेढुंगा सावित हुने अपेक्षा गर्नुभयो ।


    रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथी रिजालले शिक्षा विना विकास र समृद्धि असम्भव रहेको वताउँदै शैक्षिक र प्रविधिको विकासमा लाईब्रेरी सहयोगी वन्नुपर्नेमा जोड दिनुभयो । आजका विद्यार्थी भोलिका कर्णधार भएको वताउँदै सरकारी विद्यालयमा अध्यान गरेका विद्यार्थीले नै राज्यलाई योगदान दिनसक्ने वताउनु भयो ।
    कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रक गभर्नर सन्तोष रिजालसहित फस्टलेडी नविनता रिजाल, जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधान, जोन २९ का एसिस्टेण्ड गभर्नर ई. शरद गोपाल न्याच्छौं, डिष्ट्रिक सेक्रेटरी प्रभात योञ्जन, डआरएफसी मिथिलेश झा, रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, पुर्व अध्यक्ष मित्रराज दवाडी, उत्तमलाल चुके, चन्द्रमान श्रेष्ठ, कपिलबाबु खनाल, रोशन पिया, प्रथम उपाध्यक्ष भानु शर्मा, सचिव गोपाल भट्टराई, टिआरएफ चियर राजन पिया, सर्भिर प्रोजेक्ट चियर ई. पुरन सुवेदी, कोचियर ई. उदय कृष्ण श्रेष्ठ, सम्पादक रोशन खरेललगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt