• जन्मदिनमा रोटरी करुणालयमा खाना सहयोग


    भरतपुर/गैडाकोट निवासी पुष्पा कुँवरले आफ्नो दिदी र कृपा दाहालले आफ्ना आमाको जन्मदिनको अवसरमा रोटरी क्लव अफ चितवनद्धारा देवघाटमा संचालित रोटरी करुणालय (बृद्धाश्रम)मा शुक्रबार एक दिनको खाना सहयोग गर्नु भएको छ । पुष्पा कुँवरले विदेशमा रहनु भएको आफ्नो दिदी पुजा कुँवर र कृपा दाहालले आफ्नो आमा लक्ष्मिदेवी दाहालको जन्मदिनको अवसरमार बृद्धाश्रममा खाना सहयोग गर्नु भएको हो ।
    बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई उहाँहरुले आफ्नै हातले खाना वितरण गर्नु भएको थियो । सो अवसरमा खाना ग्रहण गर्दै बृद्धबृद्धाहरुले जन्मदिनको अवसरमा शुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै बृद्धबृद्धाहरुले खुसि व्यक्त गर्नु भएको थियो ।


    जन्मदिनको अवसरमा केक काटेर भोजभतेर गरि अनावश्यक खर्च गर्नु भन्दा यस्ता सस्थाहरुमा सहयोग गर्नु उचित ठानेर बृद्धबृद्धाहरुको साथमा उहाँहरुलाई खाना खुवाएर जन्मदिन मनाएको पुस्पा कुँवरले वताउनु भयो । विभिन्न अवसर पारेर गरिने फजुल खर्च यस्तो ठाउँमा दिँदा आत्म सन्तुष्टि मिलेको वताउँदै सामाजिक काम सवैले सहयोग गर्नु आवश्यक रहेको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt