• बहुउद्देश्यीय सहकारी संघको साधारणसभा सम्पन्न


    भरतपुर/चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं साधारणसभामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष भक्तिराम अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । सहकारी विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै प्रमुख अतिथी अधिकारीले सहकारीले सदस्यहरुलाई आर्थिक उपार्जनमा सहभागि गराउन सहयोगी भुमिका खेल्नुपर्ने वताउनु भयो ।
    कार्यक्रममा वोल्दै संघका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी नाफामुखी भन्दा पनि सदस्यहरुको हित र संरक्षणमा केन्द्रित हुनुपर्ने वताउनु भयो । सदस्यहरुलाई उत्पादनमा जोड्न सकेमात्र सहकारीको सार्थकता झल्किने वताउँदै उहाँले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको बताउनुभयो । जिल्लामा सहकारी एकवद्ध भएर लगानी गरेको पेट्रोल पम्प उत्कृष्ट लगानीको सफल उदाहरण रहेको उहाँको भनाई छ ।
    कार्यक्रममा उपाध्यक्ष जयलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारणसभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन वाचन गरि सर्वसम्मत पास गरिएको थियो । बहुउद्देश्यीय सहकारी संघले उत्पादन क्षेत्रमा लगानी गर्न मलखातलाई सर्वसुलभ तरिकाले किसान तथा शेयर सदस्यमा पुर्याउने र स्थानिय उत्पादित बस्तुको सहज बजारीकरणका लागि आगामी रणनिति तर्जुमा गर्ने गरि बन्दसत्र सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार द्वय भक्तबहादुर अधिकारी र नारायणदत्त त्रिपाठी लगायतको विषेश उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक एवं सचिव भिष्म प्रसाद खनालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt