• लेखा समाज चितवनको स्वागत तथा विदाई एवं बनभोज कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/लेखाको क्षेत्रमा कार्यरत कर्मचारीहरुको साझा सस्था लेखा समाज चितवनको आयोजनामा शनिबार स्वागत तथा विदाई एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाको पर्यटकीय स्थल ईकोपार्कमा आयोजित कार्यक्रममा जिल्लामा नयाँ आउनु भएका कर्मचारीको स्वागत र अन्य जिल्लामा सरुवा भई जानु भएका लेखा कर्मचारीहरुलाई विदाई गरिएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले लेखा क्षेत्रमा कार्यरत कर्मचारीहरुको समस्याको वारेमा आफ्ना धारण व्यक्त गर्दै आगामी दिनमा सेवा झन् प्रभावकारी वनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
    लेखा समाज चितवनका अध्यक्ष शरदचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न समाजको नियमित वैठकले जिल्ला कार्यसमितिलाई पुर्णता दिएको छ । वैठकले उपाध्यक्षमा दिल बहादुर खड्का, सहसचिवमा नारायण प्रसाद पौडेल, सदस्यमा भिम बहादुर विकलाई चयन गरेको लेखा समाज चितवनका सचिव कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । यसअघि सम्पन्न अधिवेशनले लेखा समाज चितवनको अध्यक्षमा शरदचन्द्र शर्मा, सचिवमा कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्षमा शर्मिला न्यौपाने, सदस्यहरुमा लक्ष्मि पराजुली, राकेश श्रेष्ठ, वावुराम पौडेल, तीर्थराज शर्मा र गंगा विक चयन गरेको थियो । कार्यक्रममा लेखा समाज चितवनका संरक्षक कोष तथा लेखा नियन्त्रण कार्यलय चितवनका प्रमुख भणीभद्र न्यौपाने, कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख महेन्द्र प्रसाद भण्डारीलगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालको लेखा शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt