• होटल व्यवसायी संघ चितवनको साधारणसभा सम्पन्न


    भरतपुर/होटल व्यवसायी संघ चितवनको २६ औं साधारणसभा सोमबार नारायणगढमा सम्पन्न भएको छ । संघका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमा वोल्दै प्रमुख अतिथी चुकेले होटल व्यवसायलाई मर्यादित पेशाको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिनुभयो ।
    कोरोना संक्रमणका कारण होटल व्यवसाय सवैभन्दा वढि प्रभावित भएको वताउँदै चुकेले होटल तथा रेष्टुरेन्टहरुको प्रवद्र्धनका लागि राज्यले प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो । होटल व्यवसायलाई राज्यले प्राथमिकता नदिएको वताउँदै चुकेले पर्यटन प्रवद्र्धनमा होटल व्यवसायको महत्वपुर्ण भूमिका रहेको वताउनु भयो । होटल व्यवसायीहरुको हकहित र संरक्षणमा होटल व्यवसायी महासंघ सदैव प्रतिवद्ध रहेको वरिष्ठ उपाध्यक्ष चुकेको भनाई थियो ।


    होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु वरालले होटल व्यवसायीहरुका विचमा एकता जरुरी रहेको वताउँदै व्यवसायीहरुलाई गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो । पर्यटन प्रवद्र्धन विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै वरालले होटल व्यवसायलाई मर्यादित वनाउने काममा व्यवसायीले ध्यान दिनु आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले प्रगती प्रतिवेदन र कोषाध्यक्ष जनक पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


    संघका सचिव राम बहादुर गुरुङले संचालन गर्नुभएको कार्यक्रममा भरतपुर २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, ई. भोजराज कौडेल, होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा, सल्लाहकार संयोजक कमल शर्मा गौतम, पुर्व अध्यक्ष विनोद शर्मा, उद्योग संघ चितवनका उपाध्यक्ष सुर्य न्योपाने, होटल तथा पर्यटन व्यवसायी संघका वागमती प्रदेश प्रतिनिधि दिपक ढकाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति प्रसाद कँडेल, मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष हरि बहादुर क्षेत्रीलगायतले वोल्नु भएको थियो । कार्यक्रममा होटल व्यवसाय महासंघकी उपाध्यक्ष मिना गौतम, केन्द्रिय सदस्य डासीराम ढकाल, लक्ष्मि कार्कीलगायत होटल व्यवसायी संघका कार्यसमिति एव पुर्व अध्यक्षलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लामो समय काम गरि विदा लिनु भएकी पुर्व कर्मचारी ममता आलेलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt