• सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण


    सन्तोष देवकोटा
    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनले सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण गरेको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरिएका होटल तथा रेष्टुरेन्टहरुलाई सौराहामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराको साथ खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का अध्यक्ष वलराम दाहाल प्रमुख अतिथी रहनु भएको थियो ।


    कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले होटल तथा रेष्टुरेन्टको खाना र खाजाले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा खाद्य स्वच्छतामा विशेष ध्यान दिन होटल व्यवसायीलाई आग्रह गर्नु भयो । पर्यटकीय क्षेत्रको लागि सौराहा एक नमुना एवं उदाहारणीय वन्न सक्नुपर्ने वताउँदै उहाले स्थानीय सरकारको तर्फवाट होटलको गुणस्तरीयता र दक्ष जनशक्ति तयार गर्ने कुरामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले होटलको गुणस्तरमा संघ प्रतिवद्ध रहेको वताउँदै यस्ता खालका अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो । अनुगमन र स्तरीकरणले होटल संचालक र कर्मचारीहरुलाई थप जिम्मेवार वनाउने उहाको भनाई थियो । रेवान सौराहाका अध्यक्ष नरेश गिरीले सरसफाइ र गुणस्तरीय खाद्य पदार्थमा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै खाद्य स्वच्छताको विषयमा होटल तथा रेष्टुरेन्टमा कार्यरत कर्मचारीहरुलाई तालिमको आवश्यकता रहेको वताउनु भयो ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले कार्यालयले प्रवद्र्धनात्म र नियमन गर्ने खालका कार्यक्रम संचालन गर्ने वताउँदै प्रवद्र्धनात्मक अन्तरगत स्तरीकरण कार्यक्रम गरिएको वताउनु भयो । सौराहाका होटलहरुमा संरचनात्मक भन्दा व्यवस्थापनमा समस्या देखिएको वताउँदै आगामी दिनमा सुधार गर्न आग्रह गर्नु भयो । सौराहालाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउन यस्ता कार्यक्रम सहयोगी वन्ने प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नु भयो ।

    कार्यलयले खाद्य स्वच्छताको आधारमा यहि पुस ६, ७ र ८ गते सौराहाका ३१ वटा होटल अनुगमन गरि स्तरीकरण गरेको थियो । अनुगमनमा क्षेत्रीय होटल संघ सौराहा र रेवान सौराहाले सहयोगीको भुमिका निर्वाह गरेको थियो । अनुगमन गरिएको होटलहरु मध्ये २१ वटा होटलहरुले विभिन्न तहका प्रमाणपत्र पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले जानकारी दिनुभयो । सौराहाका ७ वटा होटलले उत्तम (ख श्रेणी), ८ वटा होटलले सन्तोषजनक (ग श्रेणी) र ६ वटा होटलले सामान्य (घ श्रेणी)को प्रमाणपत्र प्राप्त गरेको काफ्लेले वताउनु भयो । अन्य होटलहरुलाई सुधार गर्नको लागि १५ दिनको समय प्रदान गरिएको काफ्लेले वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt