• पोल्ट्री दिवसमा विद्यार्थीलाई अण्डा वितरण


    सन्तोष देवकोटा
    भरतपुर/नवौ राष्ट्रिय पोल्ट्री दिवस २०७८ को अवसरमा मंगलपुर स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई कुखुराको मासु र अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा मन्चका उपाध्यक्ष डा रेवन्त कुमार भट्टराईको नेतृत्वमा सो कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा मञ्चका महासचिव रामलाल भुसाल, सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, मनोज रानाभाट, दिपेस श्रेष्ठलगायतको सहभागिता हरेको थियो । कार्यक्रममा ४५० जना बिद्यार्थीलाई स्वास्थको लागि कुखुराको मासु र अण्डाको महत्व माथि प्रकाश पार्दै अण्डा बितरण गरिएको हो ।
    यसैगरी पोल्ट्रि दिवसकै अवसरमा पौष १५ गते बिहान ८ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा, पौष १६ गते बिहान १० बजे रत्ननगर अस्पताल र बृद्धा आश्रमहरुमा र दिउँसो ३ बजे स्मेलहेभन मोडल स्कुल आपटारी चितवनमा अण्डा बितरण गर्ने कार्यक्रम रहेको नेपाल कुखूरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव प्रसाद वरालले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt