• नारायणी पब्लिक स्कुलमा जनचेतना कार्यक्रम


    भरतपुर/भरतपुर ११ स्थित नारायणी इ पब्लिक स्कुलले समय सापेक्ष अनुसार आएको परिवर्तनमा बालबालिकालाइ मौसम अनुसार कसरि ख्याल गर्ने भन्ने बारेमा स्वास्थ जनचेतना कार्यक्रम संचालन गरेको छ । भरतपुर अस्पतालका बरिष्ठ बालरोग, नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञ डा ओमकृष्ण पाठक मुख्य बक्ता रहेको उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्राचार्य बेदराज न्युपानेले गर्नु भएको थियो ।
    कार्यक्रममा बिद्यालय संचालन समिति सदस्य अनिता खनाल, +२ कार्यक्रम संयोजक जनकराज घिमिरे, बिद्यालय ब्यबस्थापन सदस्य भवानी अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो । डा पाठकले मुलत जाडोमा बालबालिकामा देखिने समस्या, त्यसका कारण तथा बच्ने उपायको बारेमा अविभावक हरुलाई जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा करिब १२० जना अभिभावकहरुको उपस्थित रहेको कार्यक्रम संयोजक नबिन बगालेले जानकारी दिनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt