• आदर्श सहकारीको कार्यसमितिले पुर्णता पायो


    भरतपुर/भरतपुर १० दूरसंचारमार्ग स्थित आदर्श बचत तथा ऋण सहकारी सस्थाका नवनिर्वाचित कार्यसमतिले पुर्णता पाएसंगै पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सहकारीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनवाट निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण संगै पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले भानुभक्त कँडेलको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
    सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो । कार्यक्रममा वोल्दै नवनिर्वाचित अध्यक्ष कँडेलले आगामी दिनमा सहकारीले उत्पादन मुलक क्षेत्रमा जोड दिने वताउँदै सदस्यहरुलाई स्वारोजगार वनाउने तर्फ ध्यान दिने वतउनु भयो ।
    नवगठित समितिको उपाध्यक्षमा पवित्रा के.सी., सचिवमा शारदा कुमारी भट्टराई खरेल, सहसचिवमा सृजना आचार्य, कोषाध्यक्षमा हरिदास सापकोटा, सदस्यहरुमा मीना गुरुङ, नन्दकला सापकोटा, धन बहादुर पुरी, सजना तिमिल्सिना चयन हुनु भएको छ । यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा माधव प्रसाद वास्तोला, सदस्यहरुमा सुर्य प्रसाद श्रेष्ठ, जानुका केसी चयन हुनु भएको छ । सहकारीको अधिवेशन सम्पन्न गर्न अधिवत्ता फुलमायाँ रानाभाटको संयोजकत्वमा गोविन्द सिग्देल र बालकृण थपलिया सदस्य रहेको निर्वाचत समिति गठन गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt