• विमानस्थल प्रशासनको ध्यान सुरक्षा जोखिम न्यूनिकरणमा


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर विमानस्थलमा सरसफाई र सुरक्षा जोखिम न्यूनिकरणको कामलाई तिव्रता दिइएको छ । विस्तारको तयारीमा रहेको भरतपुर विमानसस्थलमा नयाँ कार्यालय प्रमुख आएसंगै सम्भावित क्षति न्यूनिकरण गर्न सुरक्षा जोखिमको पाटोमा कामले तिव्रता पाएको हो । भरतपुर विमानस्थल प्रमुख परवेज आलाम सिद्धिकले आफु आएपछि मुख्यगरि विमानस्थालमा हुनसक्ने जोखिम न्यूनिकरणको क्षेत्रमा ध्यान दिएको वताउनु भयो ।
    विमानस्थलको लागि सवैभन्दा ठुलो चुनौती भनेकै हवाई सुरक्षा भएको वताउँदै सिद्धिकले हवाई सुरक्षा जोखिम न्यूनिकरणको लागि वाइल्डलाईफ हाजाड कन्ट्रोल एण्ड म्यानेजमेन्टमा ध्यान दिनुपर्ने वताउनु भयो । आवश्यक सरसफाईको अभावमा विमानस्थलको रनवेमा स्याल लगायतका जनावरहरुले विमान उडान र अवतरणमा समस्या उत्पन्न गर्ने गरेको पाए पछि आगामी दिनमा त्यस्तो समस्या आउन नदिन विमनस्थल वरपर सरसफाई गरिएको कार्यालय प्रमुख सिद्धिकले वताउनु भयो ।
    अहिले विमानस्थलको वरिपरी रहेको तारवार र विमानस्थल भित्रको क्षेत्रमा सरसफाईको अलावा विमान आवतजावतमा समस्या उत्पन्न गरेका रुखहरु काटछाँट गरिएको भरतपुर विमानस्थलका प्रमुख सिद्धिकले जानकारी दिनुभयो । विमान आगमन र उडानमा जोखिमको रुपमा देखिएको आर्मी व्यारेक (उत्तर) तर्फको अग्ला रुखहरु काटछाँट गरिएको वताउँदै उहाले आगामी दिनमा विमान आगमन र उडानमा सहज हुने वताउनु भयो । विमान उडान र अवतरणमा समस्याको रुपमा देखिएको उक्त रुखहरु काट्ने दशौं वर्षसम्मको प्रयास अहिले सफल भएको दावि गर्दै प्रमुख सिद्धिकले आफ्नो कार्यकालमा भरतपुर विमानस्थलमा सम्झनलायक सुधारको काम गरेर देखाउने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt