• भरतपुर १५ द्वारा स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल बितरण


    सन्तोष देवकोटा

    भरतपुर/भरतपुर महानगरपालिका वडा नंम्वर १५ ले स्वास्थ्य सेवा सहजताको लागि साईकल वितरण गरेको छ । वडा कार्यालयले वडामा कार्यरत १६ जना स्वयं सेवीकाहरुलाई साइकल वितरण गरिएको हो । वडा कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साईकल हस्तान्तरण गरिएको हो ।
    वडा अध्यक्ष शम्भुबहादुर भण्डारी, वडा सदस्य बीरबहादुर लामा, फूलबारी स्वास्थ्य चौकीकी प्रमूख सुनीता ढकाल, वडा कार्यालयका सचिव जनक पाठकले महिला स्वास्थ्य स्वयमंसेविकाहरुलाई साइकलको चाबी हस्तान्तरण गर्नुभएको थियो । वितरण गरिएको साईकलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रदान गर्ने स्वास्थ्य सेवा थप छिटो, छरितो र प्रभावकारी हुने वडा अध्यष भण्डारीले वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt