• चितवन महोत्सवको पुर्वसन्ध्यामा साइकल र्याली


    भरतपुर/१३ औ संस्करणको चितवन महोत्सव २०७८ को पूर्व सन्ध्यामा उद्योग बाणिज्य संघ चितवन, साइकल व्यावसायि संघ चितवन– नबलपुर र चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजनामा शनिबार बृहत साइकल ¥याली संपन्न भएको छ । उद्योग बाणिज्य संघ चितवन परिसरवाट बिहान शुरू भएको साइकल ¥याली हरिहर मार्ग, मेनरोड, पोखरा बसपार्क, दियालो बंगला, बाइपास रोड हुदै हाकिम चोक, चौबीसकोठी, शहीद चोक वाट बेलचोक, बाहृघरे, पुलचोक, शाहिदचोक, मिलनरोड, हुँदै उद्योग बाणिज्य संघमा आएर समापन भएको साइकल र्यालीमा ज्ञद्धण् जनाको सहागीता रहेको थियो ।
    चितवन महोत्सव मुल आयोजक समितिका खुलकुद संयोजक विकास थापाको संयोजनमा भएको उक्त कार्यक्रमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एबम् महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले स्वागत मन्तव्य सहित रिवन काटेर साइकल उद्घाटन गर्नु भएको थियो भने साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष गोपाल प्रसाद सापकोटाले समापन पछि धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
    उक्त ¥यालीको प्रविधिक संयोजन चितवन साइकल राइडर्स क्लवका अध्यक्ष र उपाध्यक्ष क्रमशः नवीन खरेल र पदम बहादुर बानियाले गर्नु भएको थियो । सोही अवसरम उक्त ¥यालीको समापन पछि चितवन साइकल राइडर्स क्लवको संयोजनमा २० जना साइकल राइडर्सहरुद्वारा धार्मिक एवम् एतिहासिक पर्यटकीय गन्तव्य नवलपुरको गैंडाकोटवाट कालीगण्डकी करिडोर हुँदै हर्दी, केलादी हुदै पवित्र तीर्थस्थल देवघाटधाममा गएर चितवन महोत्सवको झण्डासहितको लोगों अंकित वेलुन उडाउने कर्यक्रम पनि सफलता पुर्वक सम्पन्न भएको साइकल ब्यवसायी संघ चितवन नवलपुरका पुर्व अध्यक्ष धर्मराज सापकोटाले जानाकारी गराउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt