होटल व्यवसायी महासंघको नवौँ साधारणसभा भैरहवामा


भैरहवा/होटल व्यवसायी महासंघ नेपालको नवौँ वार्षिक साधारणसभा भैरहवामा सुरु भएको छ । महासंघका अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शाहले होटल व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्न २० बुँदे माग सहितको प्रतिवेदन पेश गर्दै ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आलेले महासंघको मागहरु सम्बोधन गर्दै होटल व्यवसायीहरुको समस्याको समाधानको लागि आफू निरन्तर लाग्ने र व्यवसायीहरुका समस्यालाई समाधानको लागि ७ जनाको व्यवसायी प्रतिनिधिहरु लिएर आउन र छलफल गरी समस्याको समाधान गर्न तत्पर रहेको बताउँनु भयो ।
साथै मन्त्री आलेले व्यवसायीहरुको हकहितको लागि आवाज बुलन्द पार्न सहज होस भन्ने हेतुले आफ्नो अध्यक्षतामा गठित शक्तिशाली नेशनल टुरिजम रिभिभल कमिटिमा महासंघका अध्यक्ष हिराध्वज शाहलाई सदस्य नियुक्त गर्नुभएको छ । त्यस्तै सो साधारणसभामा बोल्नु हुँदै महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीहरुको माग सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष माधव प्रसाद नेपाल, निवर्तमान अध्यक्ष अमृत भुजेल, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, प्रशासन उपाध्यक्ष केपी शर्मा, उपाध्यक्षहरु क्रमशः ईमान्दु बराल, मीना देवी गौतम, मणिन्द्र बहादुर कटुवाल, महासचिव बिरमन्जन बटला, उपमहासचिव शेर बहादुर थापा, पर्यटन सचिव प्रमानन्द भण्डारी, सचिवहरु चन्द्रलाल न्यौपाने, टिआर भण्डारी (शंकर), राजु अधिकारी, सहकोषाध्यक्ष मोदनाथ बेलबासे, लेखा संयोजक धनेश्वर भण्डारी, सचिवालय सदस्य युवराज भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेती, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोख्याल, कर्णाली प्रदेशका अध्यक्ष तर्क शाही, सुदुरपश्चिम प्रदेशका अध्यक्ष दिपक बहादुर खड्का, महासंघमा आवद्घ प्रदेश संघ, जिल्ला संघ तथा ईकाईहरुबाट प्रतिनिधिहरुले आफ्ना भनाई राख्नुभयो ।
उक्त कार्यक्रममा सिद्घार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्तिराम पाण्डे, नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दिपक जोशी, नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङ्ग, नेकपा माओवादी केन्द्रका पूर्वमन्त्री हकिकुला खाँन, नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि हरि अर्याल, उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष विष्णु न्यौपाने, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के सी, मेरो न्यूज नेपाल डट कमका प्रधानसम्पादक आश्विन गौतमलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन महासंघका महासचिव बिरमन्जन बटालाले गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार