• स्व. उमा कुमारी खत्री स्मति प्रतिष्ठान स्थापना


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १२ मा स्व. उमा कुमारी खत्री स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । एक करोड रुपैयाँवाट उक्त प्रतिष्ठान स्थापना गरिएको हो । वि.सं. २०१० सालमा जन्मिएर २०३२ सालमा लम्जुङवाट हाल भरतपुर १२ आस्थाटोल निवासी उमा कुमारी खत्रीको यहि पुस १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । स्व. उमा कुमारी खत्रीको स्मृतिमा परिवारजनले उक्त प्रतिष्ठान स्थापना गरेको हो ।
    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतवार एक औपचारिक कार्यक्रमका विच व्यानर अनावरण गरि प्रतिस्ठानको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले दिवंगत आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले समाजमा रहेका दुखी, उत्पीडनमा परेका र गरिव समुदायको सहयोगी वन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो । समृद्ध समाज निर्माण गर्नमा प्रतिष्ठानको उच्च सहयोगको अपेक्षा गर्दै प्रमुख दाहालले प्रतिष्ठानलाई आगामी दिनमा पुर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    उक्त रकमवाट आएको व्याजले असहाय तथा निमुखा उत्पीडित वर्गको उत्थानको लागि शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, भइपरि आउने प्राकृतिक प्रकोपमा परेका समुदायलाई सहयोग गर्ने, कुनै पनि क्षेत्रमा सर्वोत्कृष्ट सेवा गर्ने व्यक्ति तथा सस्थालाई सहयोग गर्ने लगायतका काम गर्ने उदेश्य रहेको प्रतिष्ठानका अध्यक्ष नन्दु केसीले जानकारी दिनुभयो ।
    सुजनबाबु लोहनीले सहजीकरण गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका भरतपुर महानगर अध्यक्ष इश्वर सापकोटा, वडा अध्यक्ष उत्तम गुरुङ, वडा इन्चार्ज मदन घिमिरे, प्रतिष्ठानका संरक्षक बुद्धि बहादुर खत्री, सदस्यहरु मिना केसी, कल्पना केसी, सीता केसी, राजकुमार केसी, शम्भु थापालगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt