• किरण अमरजंग गुरुङ माविको वार्षिकोत्सव सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर महानगरपालिका १९ स्थित श्री किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले शैक्षिक गुणस्तर विकासमा शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त पहल आवश्यक रहेको वताउनु भयो । प्रमुख अतिथी पौडेलले विद्यालयको शैक्षिक गुणस्तर विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयलाई प्रदेश सरकारवाट १५ लाख रुपैया आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
    कार्यक्रमकी विशेष अतिथी भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिँदै अभिभावकहरुलाई आफ्ना बाबुनानीहरुको पढाईमा चासो देखाउनु आग्रह गर्नुभयो । शैक्षिक गुणस्तर विकासमा भरतपुर महानगरले जोड दिँदै आएको वताउँदै आफुले सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नु भयो । भरतपुर महानगरपालिका १९ का अध्यक्ष कर्ण बहादुर गुरुङले शिक्षा विना विकास र समृद्धिको कल्पना समेत गर्न नसकिने वताउँदै शिक्षा महत्वपुर्ण सम्पत्ती भएको वताउनु भयो ।
    वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन तथा भावि शैक्षिक रणनैतिक योजनाहरु प्रस्तुत गर्नु भएको थियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिता र वार्षिक परीक्षामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष आश बहादुर लामा लगायत पूर्व प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुलाइ सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक नवराज वरालले संचालन गर्नु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष मेख बहादुर लामाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt