फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको स्थापना दिवसमा रक्तदान


सन्तोष देवकोटा
भरतपुर/फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको आठौं स्थापना दिवसको अवसरमा मंगलबार भरतपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा वढ्दो रगत अभावको समस्यालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको संघका महासचिव केशवराज पौडेलले जानकारी दिनुभयो ।


नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय (प्रादेशिक) रक्तसंचार केन्द्र भरतपुरको प्रविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ७७ जनाले रक्तदान गरेको महासचिव पौडेलले जानकारी दिनुभयो । फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनका अध्यक्ष लिला बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष शुक्र कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो ।
रमणि गैरेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अरुण कुमार खनाल, वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, द्धितीय उपाध्यक्ष रामलाल सुनार, महासचिव केशवराज पौडेल, कोषाध्यक्ष हरिकुमार राजभण्डारी, सदस्यहरु सुभाष सुवेदी, इन्द्र प्रसाद अधिकारी, चुडामणी तिमिल्सिना, सुमनकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय (प्रादेशिक) रक्तसंचार केन्द्र भरतपुरका प्रविधिकहरु विश्वनाथ सापकोटा, विनिता गौतम, संगिता रानाभाट, नवाखर न्यौपाने, राजेश खनाल, सुरेन्द्र प्रसाद महतो, मोहन गुरुङलगायतले रगत संकलन कार्यमा सहजीकरण गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार