• आधारभुत विद्यालय मंगलपुरलाई न्यानो कपडा हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभुत विद्यालय मंगलपुरमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ भरतपुर युथ, लायन्स क्लव अफ भरतपुर महानगर र भरतपुर–१३ निवासी प्रकाश पौडेलको आर्थिक सहयोगवाट खरिद गरिएको न्यानो कपडा वितरण गरिएको हो ।
    विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ वितरण गर्ने गरी भरतपुर–१५ का वडा अध्यक्ष शम्भु बहादुर भण्डारीको प्रमुख आतिथ्यतमा विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको न्यानो कपडा वितरण कार्यक्रमका सहजकर्ता सुरज पाठकले जानकारी दिनुभयो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी वडा अध्यक्ष भण्डारीले शिक्षा विना समृद्ध मुलुक निर्माण सम्भव नहुने वताउँदै सरकारी शैक्षिक सस्थाहरुको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले न्यानो कपडा हस्तान्तरण कार्यक्रममा सहजिकरण गरिदिनुहुने सुरज पाठक लगायत सबै सहयोगी हातहरुलाई विद्यालय परिवारको तर्फवाट धन्यवाद तथा आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर विकासमा सहयोग पु¥याउने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt