• खाद्य स्वच्छता अभिबृद्धिको लागि अन्तरक्रिया


    सन्तोष देवकोटा
    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा बुधबार जुगेडीमा खाद्य स्वच्छता अभिबृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ राजमार्गका होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको खाद्य स्वच्छता अभिबृद्धिको लागि कार्यक्रम आयेजना गरिएको कार्यालयले जनाएको छ ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मानव स्वास्थ्यको हिसावले खाद्य स्वच्छता निकै महत्वपुर्ण विषय भएको वताउँदै त्यसतर्फ ध्यान दिन होटल व्यवसायीहरुलाई आग्रह गर्नु भयो । गुणस्तरीय खाद्य वस्तुले मात्र ग्रहकको मन जित्नसक्ने वताउँदै उहाले व्यवसायीक सफलताको लागि खाद्य स्वच्छतामा जोड दिनुको विकल्प नभएको वताउनु भयो ।
    हाइवे क्षेत्रका करिव ६० जना होटल व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख अधिकारी र खाद्य निरिक्षक प्रदिप काफ्लेले व्यवसायीहरुलाई खाद्य स्वच्छताको विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा वोल्दै कार्यालय प्रमुख अधिकारीले खाद्य स्वच्छताको मापदण्ड अनुसार खाद्यवस्तु उत्पादन गर्न निर्देशन दिनु भयो ।
    खाद्य जोखिमको अवस्था निराकरण गर्न राजमार्ग यात्रा गर्ने यात्रुहरुलाई गुणस्तरीय खाद्यवस्तु उपलव्ध गराउन अधिकारीको आग्रह थियो । कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष केशव हड्खोले, उपाध्यक्ष एवं लाईन होटल अनुगमन समितिका संयोजक थानेश्वर सापकोटा, सचिव राम बहादुर गुरुङ, सचिवालय सदस्य राजकुमार श्रेष्ठ, सदस्य रत्न श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt