मन्त्री दाहाललाई ठिमुरामा सम्मान


सन्तोष देवकोटा
भरतपुर/राष्ट्रिय आधारभूत विद्यालयमा भरतपुर १ ठिमुरामा आईतवार एक कार्यक्रमका विच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्यम दाहाललाई सम्मान गरिएको छ । विद्यालयको आयोजनामा विद्यालय परिवार, ठिमुरा टोल विकास संस्था, ठिमुरा युवा क्लवलगायत ठिमुरावासिद्धारा मन्त्री दाहाललाई सम्मान गरिएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी मन्त्री दाहालले ठिमुरा क्षेत्रको बाटोको लागि ८५ लाख, विद्यालय खेल मैदानको लागि ८ लाख रुपैया विनियोजन भएको जानकारी गराउनु भयो । ठिमुरामा पुल बन्ने निश्चित भएको वताउँदै मन्त्री दाहालले ठिमुराबाट भतेरीसम्मको बाटोको लागि योजनामा समावेश गरेको जानकारी गराउनु भयो ।
राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल प्रजाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सुमन आले मगरले संचालन गर्नु भएको थियो । यसैगरी कार्यक्रमा विद्यालयका प्रधानाध्यापक ज्योति नारायण ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी टंक न्यौपाने विशेष अतिथी रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार