• बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण


    भरतपुर/बालबालिका संग मेयर कार्यक्रम अन्तरगत भरतपुरका विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा मंगलबार आयोजित औपचारिक कार्यक्रममा कार्यक्रममा १ हजार १ सय ८१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आधारभुत खद्रौलीका ११५, भरतपुर वडा नम्बर २६ मै रहेको श्री आधारभुत बिद्यालय कोइलाहाका १४८, भरतपुर वडा नम्बर २६ मै रहेको आधारभुत बिद्यालय भगडीका ७५, भरतपुर वडा नम्बर २४ मा रहेको प्रा.वि धुर्बनगरका १२०, भरतपुर वडा नम्बर २८ मा रहेको श्री राष्ट्रिय आधारभुत स्कुल लौखारीका ९६, भरतपुर वडा नम्बर २२ मा रहेको श्री आधारभुत स्कुल धनैजीका १४१, भरतपुर वडा नम्बर २५ मा रहेको लेबर नगरका १३५, भरतपुर वडा नम्बर २१ मा रहेको कालिका नि.मा.बी मनिपुरका ६१, भरतपुर वडा नम्बर २३ मा रहेको कदमपुर बिद्यालयका १७४ र भरतपुर वडा नम्बर १३ उज्वलनगरका ११६ जना गरी १ हजार १ सय ८१ जना बालबालिकालाई न्यानो कपडा विरतण गरिएको हो ।
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर भित्र रहेका १० वटा आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा १ देखी ५ सम्मका बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गएकी हुन् । विद्यार्थीको भिडभाड धेरै हुने भएकाले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मेयर दाहालले उक्त कपडा बिद्यालयका प्रधानध्यापकलाई हस्तान्तरण गरेको बताइन् । बिद्यालयका प्रधानध्यापकले आ –आफ्न बिद्यालयका बालबालिकालाई हस्तान्तरण गर्ने छन् । प्रमुख दाहालले बालबालिकाहरुलाई शिक्षा सिकाईलाई निरन्तरता दिनको लागि र सामुदायिक बिद्यालयमा विद्यार्थीको आकर्षण बढाउनको लागि यस्ता कार्यक्रम गरिएको बताइन् । उनले आर्थिक स्थिती कमजोर, बिपन्न, असाहय बालबालिकाहरुलाई शिक्षाको पहुचबाट बन्चित नहुन भन्ने उद्देश्यले न्यानो कपडा बितरण गरिएको बताइन् ।
    उनले भरतपुर महानगरले यस भन्दा अघी पनि आधारभुत बिद्यालयलका विद्यार्थीलाई साईकल बितरण, स्कुल बस बितरण, छात्रवृत्ति वितरण लगाएतको कार्य गर्दै गएको बताउदै हाम्रा बालबालिका हाम्रा भबिष्य भन्ने उदेश्यले शैक्षित गुणस्तरका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताइन् । कार्यक्रमा महानगर उप –प्रमुख पार्वती शाह, शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत ऋीषिरामा शर्मा, नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, विभिन्न विद्यालका प्रधानध्यापक, विद्यालय व्यबस्थापन समितिका पदाधिकारिहरु लगायत बोलेका थिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt