• रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर वितरण


    भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर १ देवघाट स्थित नारायण भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले भण्डारीलाई ह्वीलचियर हस्तान्रतण गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दहाल अविनाशले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले भण्डारीको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले डिसेवल पिपुल सपोर्ट प्रोगाम अन्तरगत विरामी भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरिएको वताउनु भयो ।
    रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले भण्डारीको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लवको पहिलो प्राथमिकता समाजसेवा रहेको वताउँदै उहाँले सहयोग गर्न पाउँदा खुसि व्यक्त गर्नु भयो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष राजु पौडेल, प्रथम उपाध्यक्ष भानु शर्मा, टिआरएफ चियर राजन पिया, सम्पादक रोशन खरेल, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो । विरामी भण्डारीका छोरा लक्ष्मण भण्डारीले सहयोग प्रति रोटरी क्लव अफ चितवनलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोग र समर्थनको अपेक्षा गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt