• युटेक अल्मुनाई एशोसिएशन गठन


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर ११ विशालचोक स्थित युटेक कलेजका पुर्व विद्यार्थीहरुको बिहीबार सम्पन्न भेलाले ई. शिवहरी घिमिरेको अध्यक्षतामा युटेक एल्मुलाई एशोसिएशन गठन गरेको छ । विभिन्न तह र क्षेत्रका इन्जिनियरिङ विषय पढाई हुँदै आएको उक्त कलेजको एल्मुनाई एसोशिएशनको सचिवमा ई राजु अर्याल, कोषाध्यक्षमा ई कन्चन न्यौपाने, सदस्यहरुमा ई. अच्युत कोइराला, ई. गौतम ढकाल, ई. रिमा जमरकट्टेल, ई. रन्जन न्यौपाने, ई. शिवु क्षेत्री, ई. गोविन्द सन्जेल चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले कलेजको शैक्षिक गुणस्तर विकास र विद्यार्र्थीको हकहितमा एल्मुनाई एशोशिएसन क्रियाशि रहने जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt