• रोटरी क्लव अफ चितनवद्धारा भरतपुर ११ का सिमान्तलाई ह्वीलचियर हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ चितवनले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण कार्यक्रमलाई तीव्रता दिएको छ । सामाजिक सस्थाको रुपमा परिचित रोटरी क्लवको अपांगता भएकालाई सहयोग गर्ने अभियान अन्तरगत ह्वीलचियर वितरण कार्यक्रमलाई तीव्रता दिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
    अभियान अन्तरगत शुक्रबार रोटरी क्लव अफ चितवनले भरतपुर ११ नौंरंगे स्थित १७ वर्षिय कृष्ण प्रसाद काफ्ले –सिमान्त)लाई ह्वीलचियर हस्तान्तरण गरिएको हो । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले सिमान्तलाई ह्वीलचियर हस्तान्तरण गरेको हो ।
    रोटरी क्लव अफ चितवनका अध्यक्ष शाक्यले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले सिमान्तको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले सिमान्तको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै सिमान्तका वुवा होमनाथ काफ्लेले रोटरी क्लव अफ चितवन प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, निर्वाचित अध्यक्ष दिपक प्रधान, टिआरएफ चियर राजन पिया, सर्जेन्ट एट आर्म जनक ढकाल, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt