• भारतीय साईकलयात्रीलाई रोटरी क्लव अफ चितनवद्धारा स्वागत


    सन्तोष देवकोटा
    भरतपुर/छिमेकी मुलुक भारतको महाराष्ट्र प्रदेशवाट नेपालको राजधानी काठमाण्डौंसम्मको यात्रामा निस्किएका साईकलयात्रीलाई शनिवार नारायणगढमा स्वागत गरिएको छ । रोटरी क्लव अफ काराडको च्यारिटेवल ट्रष्ट अन्तरगत अर्गानिक खानाकुरा खाऔं भन्ने अभियान बोकेर काठमाण्डौंको लागि निस्किएको चार जना रोटरीयन साईकलयात्रीहरुलाई रोटरी क्लव अफ चितवनले एक औपचारिक कार्यक्रमको आयोजना गरि नारायणगढमा स्वागत गरेको हो ।


    साईकलयात्रामा पण्डुराङ भारुडी (विजय), अमरिस जोशी, राजेन्द्र वाल्कार, शिवजी कनासेको सहभागिता रहेको छ । महाराष्ट्र भारतवाट निश्किएको २० औं दिनको दिन शनिबार आफुहरु चितवन आईपुगेको साईकलयात्री विजय भारुडीले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा रोटरी क्लव अफ चितवनका निवर्तमान अध्यक्ष रोशन पियाले रोटरी क्लव अफ चितवनको गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।


    साईकलयात्रीको टिमले भरतपुर ओरालो स्थित रोटरी क्लव अफ चितवनको निर्माणाधिन रोटरी भवन र क्लवद्धारा देवघाटमा संचालित रोटरी करुणालयको अवलोकन गरेको छ । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, निवर्तमान अध्यक्ष रोशन पिया, सर्भिस प्रोजेक्ट चियर पुरन सुवेदी, कोचियर उदय कृष्ण श्रेष्ठ, सदस्य मनोज वर्णवाल, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt