खेलकुद मन्त्री गहतराजद्धारा क्रिकेट रंगशाला अवलोकन


भरतपुर/युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गरेका छन् । बिहीबार मन्त्री गहतराजसंगै युवा तथा खेलकुद मन्त्रालयका सचिव, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतको टोलीले रंगशालाको निरीक्षण गरेको हो । पाँच महिनादेखि आर्थिक अभावले रंगशाला निर्माणको काम ठप्प भएपछि खेलकुद मन्त्री स्थलगत अवस्था बुझ्न चितवन आइपुगेका हुन् ।
रंगशाला निरीक्षण पश्चात भरतपुर महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अलपत्र पर्न नदिने बताउँदै सरकारले बनाई छाड्ने प्रतिवद्धता जनाए । ‘रंगशालाका धेरै संरचनाहरु निर्माण भइसकेका छन्, स्थानीय सरकार, जनताको पसिना रंगशालामा परिसकेको छ, हामी अलपत्र पर्न दिन्नौं’–मन्त्री गहतराजले भने ।
मन्त्री गहतराजले रंगशाला बन्नुपर्छ भन्ने चासो र दायित्वले नै सिंगो खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टिम चितवन आएको भन्दै यसको निर्माणमा सरकार अग्रसर रहेको बताए । उनले राष्ट्रिय सहमति बनेको परियोजनाको रुपमा गौतमबुद्ध क्रिकेट रंगशाला रहेको भन्दै यस्तो सहमति बिरलै जुट्ने गरेकोमा धुर्मुस सुन्तली फाउण्डेशनलाई धन्यवाद दिए । ‘यो सकरात्मक सोँचका साथै थालिएको काम थियो, कसैले गलत नियतले काम थालेको थियो भन्ने ठाउँ नै छैन, तर परिस्थितिले गर्न सकिएन त अब के गर्ने ? एउटा सन्तान जन्मि सक्या छ, यसलाई अलपत्र पार्ने कुरा हुँदैन’–मन्त्री गहतराजले भने ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार