• उद्योग सचिवद्धारा औद्योगिक क्षेत्र तथा प्रदर्शनी केन्द्रको अवलोकन


    भरतपुर/चितवन उद्योग संघको पहल र प्रस्तावमा नेपाल सरकारले देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको रुपमा अघि बढाइरहेको शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु सुवेदीको नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको छ । शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन पश्चात् संघको परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको अवलोकन गरी औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित संघको अभियान र गतिविधीहरुको बारेमा जानकारी गराउनु भएको थियो भने संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्र र चितवन प्रदर्शनी केन्द्रका निर्माणको अवस्था लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु सुवेदीले औद्योगिक प्रवर्धन र विकासमा चितवन उद्योग संघको भूमिका अत्यन्तै महत्वपूर्ण रहँदै आएकोले प्रदेश सरकार सहकार्यका लागि प्रतिवद्ध रहेको वताउनु भयो । उहाँले उद्योगीहरुका लागि आवश्यक पर्ने नीतिगत कुराहरुमा आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग रहने समेत बताउनुभयो ।


    कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, मदन घिमिरे, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यसमिति सदस्य दण्डपाणी भट्ट, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्टलगायतहरुको सहभागिता रहेको थियो । संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सन्चालन गर्नु भएको कार्यक्रमलाई संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt