• होटल संघ माडीको साधारणसभा सम्पन्न


    भरतपुर/होटल व्यवसायी संघ चितवन माडी इकाईको छैटौं साधारणसभा शनिबार माडीमा सम्पन्न भएको छ । होटल व्यवसायी संघ माडीका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नं. ५ का अध्यक्ष रामबन्धु पोखरेल प्रमुख अतिथी रहनु भएको थियो ।
    होटल व्यवसायी संघ माडीका सस्थापक अध्यक्षसमेत रहनु भएका प्रमुख अतिथी पोखरेलले होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको वताउनु भयो । होटल व्यवसायलाई मर्यादित व्यवसायको रुपमा स्थापित गराउन व्यवसायीहरुकै विचमा एकता आवश्यक रहेको वताउँदै उहाँले होटलको व्यवसायीक विकास र पर्यटन प्रवद्र्धनको क्षेत्रमा आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।


    कार्यक्रमा वोल्दै विशेष अतिथी होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले कोरोनाको कारण होटल व्यवसाय सवैभन्दा वढि प्रभावित हुन पुगेको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने हो भने व्यवसाय टिकाउन सहयोग पुग्ने वताउनु भयो । कोरोना संक्रमण्को कारण समस्यामा परेको होटल व्यवसायलाई राहत दिलाउने सवालमा विभिन्न तहका सरकारहरु ध्यान दिनु आवश्यक रहेको उहाँको भनाई थियो ।
    कार्यक्रममा उद्योग वणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले आफु उद्योग वाणिज्य संघ चितवनको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिँदै होटल व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो । साथै होटल व्यवसायीको पिर मर्का र समस्यामा आफु संगै रहने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं इकाई संयोजक कृष्ण महतोलगायतले वोल्नु भएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङ, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्य राजु श्रेष्ठ, सदस्य रत्न कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt