• रोटरी करुणालयलाई स्टेचर र फुरनदाना हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ चितवनले मंगलवार देवघाट स्थित रोटरी करुणालय(वृद्धाश्रम)लाई स्टेचर हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले एक औपाचारिक कार्यक्रमका विच करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई स्टेचर हस्तान्रतण गर्नु भएको हो ।
    रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयमा आश्रीत वृद्धवृद्धाहरुलाई आवश्यकता महसुश गरि स्टेचर हस्तान्रतण गरिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनले उपलव्ध गराएको स्टेचरले करुणालयमा आश्रीत वृद्धवृद्धाहरु विरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा उहाँहरुलाई एक ठाउँवाट अर्को ठाउँमा लैजान स्टेचरले सहयोग गर्ने करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठले वताउनु भयो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, क्लवका पुर्व अध्यक्ष तथा रोटरी करुणालयका सचिव उत्तमलाल चुके, क्लवका पुर्व अध्यक्ष टिकाराम कँडेल, रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठ, रोटरी क्लव अफ चितवनका निर्वाचित अध्यक्ष एवं रोटरी करुणालयका सहसचिव दिपक प्रधान, रोटरी करुणालयका कोषाध्यक्ष हरि पन्त, रोटरी क्लव अफ चितवनका सदस्य विश्ववन्धु अधिकारी, गुन्जन मास्के, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो ।
    यसैगरी सोहि अवसरमा रिजाल फड्स प्रालीका प्रवन्ध निर्देशक पुरुषोत्तम रिजालले रोटरी करुणालयमा आश्रीत वृद्धवृद्धाहरुको खाजाको लागि हरेक महिना एक प्याकेट फुरनदाना सहयोग गर्ने प्रतिवद्धता जनाएअनुसार माघ महिनाको लागि एक प्याकेट फुरनदाना करुणालयलाई हस्तान्तरण गरिएको छ । रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठले करुणालयलाई फरनदाना सहयोग गरेकोमा प्रवन्ध निर्देशक पुरुषोत्तम रिजाल सहित रिजाल फुड्स प्राली परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt