• वन प्राविधिक समाजद्धारा दोषिमाथि कारवाहिको माग


    सन्तोष देवकोटा
    भरतपुर/वन प्राविधिक समाज चितवनले सुदुरपश्चिम प्रदेश डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पचमुडिया सब डिभिजन कार्यालयमा कार्यरत बन अधिकृत विश्वराज पण्डितमाथि भएको हातपात तथा दुव्र्यवहारको घोर निन्दा एवं भत्सर्ना व्यक्त गर्दै दोषिमाथि कारवाहिको माग गरेको छ । वन प्राविधिक समाज चितवनका अध्यक्ष राम हरि पन्थद्धारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कार्यरत रहेकै अवस्थामा केहि अराजक समुहले सोमबार वन अधिकृत पण्डितमाथि हातपात एवं दुव्र्यवहार गरेको जानकारी गराउँदै नेपाल सरकार र सुदुरपश्चिम सरकारसंग घटनाको छानविन गरि दोषिमाथि कारवाहिको माग गरिएको हो ।
    पछिल्लो समय समग्र वन क्षेत्र र वन प्राविधिकलाई लक्षित गरि यस्ता खालका गतिविधि वढेको वताउँदै विज्ञप्तिमा कार्यालयमा कार्यरत कर्मचारी माथि आक्रमण हुन संविधान, कानून र सरकारलाई नै चुनौनी भएको वताईएको छ । कुनै राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई हानि हुने गरि काम गरेको भए निजलाई कारवाही गर्ने राज्यका निकायहरु र त्यसका निश्चित प्रक्रिया भएको जानकारी दिँदै विज्ञप्तिमा सम्पुर्ण वन प्राविधिक र वन पेशाकर्मीलाई आफ्नो कार्यक्षेत्रमा स्वतन्त्र र सुरक्षित महसुस हुने वातावरण वनाउन सरकारसंग माग गरेको छ ।
    दोषिलाई पक्राउ गरि कारवाहिको प्रक्रिया सुरु नभए देशै भरिका वन प्राविधिकहरु पेशागत सुरक्षा र जीवन रक्षाको लागि आन्दोलनका कार्यक्रम अगाडी वढाउन वाध्य हुने जनाउँदै अध्यक्ष पन्थद्धारा जारी विज्ञप्तिमा उक्त घटनाको विरुद्धमा एकजुट हुन सम्पुर्ण वन प्राविधिक र वन पेशासंग सम्वन्धित संघ संगठनहरुलाई आव्हान गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt