• उवासंघ चितवनको स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण र रक्तदान


    भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमको आयोजना गरि ६२ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा बिहीबार औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउंदै आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो ।
    उहा“ले सार्वजनिक निजी साझेदारी अवधारणा अन्र्तगत संघले गरेका व्यवसायीक हितलगायत पूर्वाधार विकासका कार्यक्रमहरु अनुकरणीय रहेको बताउनु भयो । शुभकामना मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्व अध्यक्ष के.एल. भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिला नै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताउनु भयो । उहा“ले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायीक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउंदै अग्रजलगायत पूर्व कार्यसमिति र बर्तमान कार्यसमिति प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।
    सोहि कार्यक्रममा बोल्दै संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधानले निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले वर्गीय हितका साथसाथै सामाजिक उत्तरदायित्वका थपकार्यहरु सम्पन्न गरेको बताउंदै आगामी दिनहरुमा पनि थप समय सापेक्ष कार्यहरु सञ्चालन गर्नका लागि अनुरोध गनुभयो । उहांले निजी क्षेत्रका समस्या समाधानका लागि उवासंघ चितवन र नेपाल उद्योग वाणिज्य महासंघ सदैव क्रियासिल रहने बताउनु भयो । स्थापना दिवसको कार्यक्रममा संघले ६२ वटा दीप प्रज्वलन गरेको थियो ।
    स्थापना दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७० जना व्यवसायीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशीलगायत कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष, संघका साधारण सदस्यलगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परिक्षण एवम् रक्तदान कार्यक्रमको लागि नेसनल सिटीहस्पिटल भरतपुर तथा रक्त सञ्चार केन्द्र भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt