• सरस्वती पुजाको अवसरमा बालकुमारी मा.वि.मा नगदसहित शैक्षिक सामग्री हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा हरेक वर्ष झैं यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरि सरस्वती पुजा तथा वसन्त पञ्चमी पर्व मनाइएको छ । अक्षर आरम्भ गर्ने दिनको रुपमा लिईने यस दिनमा शिशु कक्षाका विद्यार्थीहरुको अक्षरारम्भ पनि गरिएको छ । सोही अवसर पारेर बालकुमारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था बालमाविद् अलम्नाई एसोसिएसन मार्फत विद्यालयको विद्यमान आर्थिक समस्या समाधानको लागि विद्यालयको प्रथम, द्वितीय र तृतीय ब्याचका विद्यार्थीहरुबाट तीन लाख एकाउन्न हजार रुपैयाँ र २०४१ साल ब्याचको तर्फबाट दुईलाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
    साथै, लायन्स क्लब अफ नारायणगढ चित्रवनले स–साना नानीबाबुहरुको पढाई प्रति रुची बढोस् भन्ने हेतुले स्कूल ब्याग र शैक्षिक सामग्री हस्तान्तर गरेको छ । वालमाविद् अलम्नाई एसोसिएसनका महासचिब अमृत श्रेष्ठले संचालन गर्नुभएको नगद हस्तान्तरण कार्यक्रममा अलम्नाईका संस्थापक तथा बालकुमारी कन्या मा.वि. का अध्यक्ष बद्रीलाल प्रधान र अध्यक्ष सेवन पन्तले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    साथै लायन्स क्लब अफ नारायणगढ चित्रवनद्वारा आयोजित स्कूल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम क्लबका सचिब देवेन्द्रकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो भने क्लबका अध्यक्ष केशबप्रसाद लामिछानेले शुभकामना मन्तव्य राख्नुभएको थियो । शिशु कक्षाका विद्यार्थीहरुलाई अक्षरारम्भ गराउनुका साथै आयोजित कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगिहरुमा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने विद्यालयका अध्यक्ष दिपक प्रधानले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt