• सरस्वती पुजाको अवसरमा शैक्षिक सामाग्री वितरण


    भरतपुर/भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयको कक्षा नर्सरी र केजीमा अध्यायनरत ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दाताहरुको सहयोगमा विद्यालयले सरस्वती पुजाको अवसरमा आइतवार विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जनाकारी दिनुभयो ।
    विद्यार्थीहरुको अध्यायनमा थप हौसला मिलोस् भन्ने हेतुले वेलावखतमा यस्ता कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि दाताहरुको खोजि गरि कार्यक्रमलाई निरन्तरता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर गुरुङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा व्याग सौजन्य गर्ने न्यू लता रेडिमेट व्याग उद्योगका प्रोपाईटर पुर्णचन्द्र सोडारी र राममायाँ सोडारीले विद्यालयमै उपस्थित भएर विद्यार्थीहरुलाई व्याग वितरण गर्नु भएको थियो ।
    यसैगरी सो कार्यक्रममा शारदानगर स्थित पौडेल पुस्तक पसलका प्रोपाईटर गुणराज पौडेलले दश हजार रुपैयाँ वरावरको कापि, कलम, पेन्सिललगायतका शैक्षिक सामाग्री सहयोग गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष तिमिल्सिना, आसा गुरुङ, शान्ति लामालगायतको सहभागिता रहेको थियो । कोभिडको प्रभावलाई मध्यनजर गरि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा विद्याकी देवि सरस्वतीको समेत पुजा अर्चना गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt