पिपिआर विरुद्ध खोप अभियानबारे अन्तरक्रिया


भरतपुर/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको आयोजनामा आइतवार भरतपुरमा स्थानीयतह एवं सरोकारवालाहरुवीच अन्तरक्रिया गरेको छ । चितवनसहित बागमती प्रदेशभर यहि माघ २५ गते देखि संचालन हुने पिपिआर रोग विरुद्धको खोप अभियान अन्तरगत चितवनमा कसरी अभियान प्रभावकारी वनाउने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल एवं अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा चितवनका विभिन्न स्थानीय तहका पशुपन्छी शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै स्थानीय तहका प्रतिनिधिहरुले उक्त कार्यक्रम सम्पुर्ण अधिकारसहित सिधै पालिकालाई संचालन गर्न दिनुपर्ने वताएका थिए । वागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएसंगै चितवनमा आवश्यक तयारी तीब्र पारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिनुभयो ।
फागुन २ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत चितवनमा दुई लाख ४९ हजार दुई सय २६ वटा भेडाबाख्रालाई खोप लगाउने योजना रहेको प्रमुख डा. न्यौपानेले जानकारी दिनुभयो । पिपिआर भेडाबाख्रामा लाग्ने अति घातक संक्रामक रोग भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका पशु चिकित्सक डा. रामचन्द्र आचार्यले जानकारी दिनुभयो । यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको वताउँदै डा. आचार्यले यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएपनि नयाँ ठाउँमा फैलिँदा ८० प्रतिशत मृत्युदरको सम्भावना हुने वताउनु भयो । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति भनेकै खोप भएकोले खोप लगाउने कार्यलाई व्यापक रुपमा संचालन गर्नुपर्ने उहाँको भनाई थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार