चितवन चनौली सितभण्डार सहकारीको साधारणसभा सुरु


भरतपुर/भरतपुर १८ स्थित चितवन चनौली सितभण्डार सहकारी सस्था लि.को नवौं वार्षिक साधारणसभा मंगलवार सस्थाको कार्यालयमा सम्पनन भएको छ । सस्थाको साधारणसभाको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य रामकृण घिमिरे प्रमुख अतिथी रहनु भएको थियो । तीन दिनसम्म चल्ने साधारणसभामा बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र विहीबार वागमती प्रदेशका मन्त्री मिलनवावु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।
साधारणसभाको उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष सुर्यमणी पौडेलले भावि कार्ययोजनासहित सस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला सहकारी संघका पुर्व अध्यक्ष एवं वागमती प्रदेश कोषाध्यक्ष टिकाराम भट्टराई, चितवन चनौली सितभण्डार सहकारीका निवर्तमान अध्यक्ष तीर्थराज रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका सचिव भानुभक्त कँडेलले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष पुरुशोत्तम कमल ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार