• समाजसेवीको संझानामा अक्षयकोष स्थापना


    गीतानगर/यमतिलसीता स्मृति प्रतिष्ठान चितवनले दुई जना समाजसेवीहरुको संझनामा आयआर्जन कार्यक्रम अन्तरगत अक्षयकोष स्थापना गरेको छ । मंगलवार देव आदर्श वचत तथा ऋण सहकारी सस्थाको कार्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा सो अक्षयकोष स्थापना गरिएको हो । सो अवसरमा प्रतिष्ठानका तर्फवाट संरक्षक ध्रुवराज मिश्र र सहकारीको तर्फवाट उपाध्यक्ष प्रकाश गुरुङले अक्षयकोषको संझौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
    तत्कालिन भरतपुर नगरपालिकाका मेयर स्व. मुक्तिलाल चुके र तत्कालिन भरतपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष स्व. भक्तिप्रसाद तिमल्सेनाको संझनामा प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले आफ्नो ४९ औं जन्मदिनको अवसरमा एक लाख ४९ रुपैयाँ वरावरको अक्षयकोष स्थापना गर्नु भएको हो । उक्त कार्यक्रममा देव आदर्श वचत तथा ऋण सहकारी सस्था र आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट संयुक्त रुपमा केक काटेर मिश्रको जन्मोत्सव मनाईएको थियो ।
    अक्षयकोषको वृद्धिका लागि दाता मिश्रले आगामी ५ वर्ष सम्म हरेक वर्ष १० हजार रुपैयाँ अक्षयकोषमा थप गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा शिद्धेश्वर आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार श्रेष्ठ, प्रतिष्ठानका सदस्य रमेश प्रसाद कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । जन्मोत्सवको नाममा फजुल खर्च गर्ने परिपाटी वढेको पछिल्लो समयमा यसरी समाजमा सामाजिक सेवामा समर्पित सामाजिक व्यक्तित्वहरुको संझनामा अक्षयकोष स्थापना गर्नु उदाहारणीय काम भएको देव आदर्श वचत तथा ऋण सहकारी सस्थाका सल्लाहकार एवं पुर्व अध्यक्ष राजेन्द्र प्रसाद कोइरालाले वताउनु भयो ।
    भरतपुर ६ का वडा सदस्य देवमित्र पण्डित प्रमुख अतिथी रहनु भएको अक्षयकोष स्थापना कार्यक्रममा वडा सदस्य आइतीमायाँ राना, शिद्धेश्वर आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार श्रेष्ठ, ग्लोवल आई.एम.ई. इन्स्योरेन्स भरतपुरका शाखा प्रमुख कुसुम तिमल्सेना, नारायणगढ शाखाका शाखा प्रमुख किरण सापकोटा, मार्केटिङ मोटिभेटर राजु तिमल्सेना, देव आदर्श बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष प्रकाश गुरुङ, कोषाध्यक्ष अनुप कोइराला, संचालक शिवराज न्यौपाने, तीर्थराज न्यौपाने, शेयर सदस्य प्रदिप चन्द्र पण्डित, व्यवस्थापक लक्ष्मि सिम्खडा, प्रतिष्ठानका सदस्य रमेश प्रसाद कोइराला, राजन कुमार श्रेष्ठ, सदृश्यलाल चुकेलगायतको सहभागिता रहेको थियो । सहकारीका पुर्व अध्यक्ष एवं सल्लाहकार राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सस्थाका सचिव महेन्द्र प्रसाद कोइरालाले संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt